निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवेदन दिने समबन्धी अत्यन्त जरुरी सूचना ।

आवेदकको योग्यता

शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवश्यक योग्यता: 

१. दश जोड दुई वा सो सरहको परीक्षामा कम्तीमा C‌+ ग्रेड वा GPA 2.4 वा सो सरह अङ्क प्राप्त गरी उत्तीर्ण भएको ,
२. स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भई स्नातक वा सो सरह तहको प्रथम वर्ष तथा पहिलो वा दोश्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको ,
३. पच्चीस वर्ष उमेर पूरा नभएको, 
४. निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा अन्य सार्वजनिक सेवाको पदमा स्थायी नियुक्ति नभएको।

आवश्यक कागजातहरु

आवेदन साथ देहाय वमोजिमका कागजातहरुको सक्कलको Scan Copy अनिवार्य रुपमा प्रणालीमा Upload गर्नुपर्ने छः 

१. नागरिकता प्रमाण-पत्र (हालको स्थायी ठेगाना फरक भएमा बसाइसराई प्रमाणपत्र समेत), 
२. प्रवेशिका (SLC/SEE) र १०+२ को शैक्षिक प्रमाण पत्रहरु (लव्धाङ्क पत्र/ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्र), 
३. अभिभावक कर्मचारी कार्यरत रहेको कार्यालयको सिफारिश पत्र (www.mofaga.gov.np) मा उपलव्ध भए वमोजिमको ढाँचामा) तथा सेवा निबृत्त भएका कर्मचारीको हकमा निबृत्तिभरण प्रमाण पत्र र अवकाश पत्र, 
४. सामुदायिक वा सरकारी उच्च मा.वि.बाट उच्च माध्यमिक शिक्षा वा सो सरहको परिक्षा उत्तिर्ण गरेकोमा राष्ट्रिय परीक्षा बोर्ड वा सो अन्तर्गतको कार्यालयले सम्वन्धित शिक्षण संस्था सामुदायिक वा सरकारी हो भनी गरेको सिफारिश पत्र, 
५. अध्ययनरत शिक्षण संस्था (कलेज/क्याम्पस) को सिफारिश पत्र (www.mofaga.gov.np) मा उपलव्ध भए वमोजिमको ढाँचामा), 
६. सरकारी कामकाजको सिलसिलामा मृत्यु भएका कर्मचारीको सन्ततिको हकमा सम्वन्धित जिल्ला प्रशासन कार्यालयको प्रमाणित पत्र वा घटना पुष्टि हुने सरकारी कागजात, 
७. समावेशी प्रमाणित गर्ने कागजात, 
८. नागरिकतावाट अविभावक कर्मचारी र सन्तति विद्यार्थीको नाता खुल्न नसकेको खण्डमा नाता प्रमाणित प्रमाण पत्र, 
९. बहालवाला कर्मचारीको हकमा परिचयपत्रको प्रतिलिपि, 
१०. अभिभावक कर्मचारी र अध्ययनरत सन्ततिको हालसालै खिचेको पासपोर्ट साइजको फोटो।

Click Here To Apply Online: https://santati.mofaga.gov.np/login

  • Scholarship Official Notice.



  • Scholarship User Manual Guide To Apply For This Scholarship.


  • निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने सम्बन्धी निर्देशिका,२०७८



  • निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवेदन दिने प्रयोजनको लागि  शिक्षण संस्था र अभिभावक कार्यरत कार्यालयको सिफारिस पत्रको ढाँचा ।